काठमाडौं । संघीय सरकारले भूकम्पबाट भएको क्षतिको विवरण पठाउन स्थानीय सरकारसँग माग गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका स्थानीय तहलाई पत्राचार गर्दै क्षतिको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो ।
गत कात्तिक २३ गते बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पबाट ६ जनाको मृत्यु भएको थियाे । भुकम्पबाट भएकाे भौतिक क्षतिको विवरण भने आइसकेको छैन । मन्त्रालयले स्तानीय तहमा क्रियाशील सरकारी निकाय, विकास साझेदार, गैर सरकारी संघसंस्था, नेपाल रेडक्रस सोसाइटी, निजी क्षेत्रलाइ समेत एकीकृत परिचालन गरी एकद्वार प्रणालीबाट खोज, उद्धार र राहतमा जुट्न अनुरोध गरेको छ ।
त्यसैगरी, उद्धारका लागि समन्वय र सहजीकरण आवश्यक भए मन्त्रालयमा सम्पर्क गर्न समेत पत्रमा अनुरोध गरिएको मन्त्रालय स्राेतले जनाएकाे छ ।