एजेन्सी । इंग्ल्याण्ड विश्वकप पुरूष टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार अष्ट्रेलियाको एडिलेट ओभल खेल मैदानमा भएको खेलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड फाइनलमा पुगेको हो ।
भारतले दिएको १ सय ६९ रनको लक्ष्य इंग्ल्याण्डले १६ ओभरमा बिना विकेट लक्ष्य पूरा गरेर फाइनलमा पुगेकाे हाे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो ।
अब इंग्ल्याण्डले आइतबार उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै फाइनलमा पुगेको थियो