महानगरले लगायाे खुला रूपमा आगो बाल्न र फोहोर जलाउन प्रतिबन्ध

  गाैरीशंकर टाइम्स सम्बाददाता  110 पटक हेरिएको

काठमाडाै । काठमाडौं महानगरपालिकाले खुला रूपमा आगो बाल्ने तथा फोहोर जलाउने काममा प्रतिबन्ध लगाएको छ। मुलुककाे राजधानी तथा शहरी क्षेत्रमा खुला आगो बाल्न तथा फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषणमा वृद्धि हुने भन्दै शुक्रबार सार्वजनिक सुचना जारी गरी प्रतिबन्ध लगाएकाे हाे ।

देशको राजधानीसमेत रहेको हुदाँ सहर प्रदूषित बनेको गुनासो आएकाले यस्तो काममा पुर्णरूपमै प्रतिबन्ध लगाइएको प्रवक्ता नविन मानन्धरले जानकारी दिए । राजधानीमा चिसाे बढेसँगै मानिसहरूले आगो बाल्ने गरिन्छ ।

महानगरपालिका वरपरका नगरपालिकामा पनि खुलारूपमा आगो बाल्ने र फोहर जलाउने गरिएको छ। प्रतिबन्धका बावजुद यस्ता काम कहीँकतै कसैले गरेमा महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही हुने जारी सूचनामा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार