काठमाडाै । उपत्यका ट्राफिक प्रहरीले कारवाहीमा परेका चालकलाई दिइँदै आएको सचेतना कक्षा मंसिर १० गतेसम्मका लागि स्थगित गरिएको छ । बग्गीखानास्थित रामशाहपथमा दिइँदै आएको सचेतना कक्षा कात्तिक २७ गतेदेखि मंसिर १० गतेसम्मका लागि स्थगित गरिएको हो ।
ट्राफिक प्रहरीले सवारी चालकलाइ रातो बत्ती तथा सडक लेन उल्लङ्घन गर्ने, मदिरा पिएर सवारी साधन चलाउनेका लागि सचेतना कक्षा दिने गरिएको थियो । स्थगित गरिएकाे सचेतना कक्षा मंसिर ११ गते आइतबारबाट पुनः नियमित रूपमा सञ्चालन हुने कार्यालयले जनाएको छ।
त्यसैगरी, रातो बत्ती तथा सडक लेन उल्लङ्घन गरेर तथा मदिरा पिएर सवारी साधन चलाइ कारवाहीमा परेर तानिएका कागजपत्र जरिवाना दाखिला गरी सचेतना कक्षा लिएपश्चात् मात्र सवारी चालकलाई फिर्ता गरिन्छ।