काठमाडौ । सरकारले आगामी मंसिरमा हुने निर्वाचनलाई लक्ष्यित गरी सार्वजनिक विदा घोषणा गरेको छ । निर्वाचनको मिति नजिकिदै जादाँ सरकारले सार्वजनिक सुचना जारी गरी विद्यालय तथा सरकारी कार्यलयमा विदा घोषणा गरिएको हो ।
आगामी मंसिर ४ गते प्रतिनीधि तथा प्रदेशसभाको निर्वाचन देशभर एकै चरणमा हुदैछ । सरकारले गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्नगरि हाल संघ र प्रदेशको निर्वाचन गरिन लागेको हो ।
त्यसैगरी, सरकारले मतदानस्थल रहेका विद्यालयमा मंसिर २ देखि ५ गतेसम्म र सार्वजनिक तथा सरकारी कार्यलयहरुमा ४ र ५ गते मात्र विदा दिइने निर्णय गरिएको छ । मंगलबार गृहमन्त्रालयले सुचना प्रकाशितगरी निर्वाचन अवधिको लागि विदा दिइने निर्णय गरिएको प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । उनका अनुसार निर्वाचन सम्पन्न भए पश्चात विद्यालय तथा सरकारी कार्यलयहरु साविककै समयमा सुचारु हुने समेत बताउनुभयो ।