काठमाडाै । रवि लामिछानेकाे नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी कार्यलय चितवनमा आगलागी भएको छ । शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको स्वतन्त्र पार्टीकाे जिल्ला कार्यालयमा आगाे लागि भएकाे हाे।
आगालागीबाट कार्यालयभित्र रहेका फर्निचर लगायतका सामग्री जलेर नष्ट भएका छन् । कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, पार्टीकाे झण्डा, भित्र राखेको साइन बोर्डलगायतका सामग्रीमा क्षति पुगेको चितवन प्रहरीले जनाएकाे छ ।
त्यसैगरी, चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले घटनाको अनुसन्धान भैरहेको बताए । घटना शुक्रबार रातिको भए पनि ढिला गरेर मात्रै खबर आएको थियो । सम्पर्क कार्यालय भएकोले त्यति ठूलो क्षति नभएको प्रहरीले जनकारी दिएकाे छ ।