देशभरीकाे १ सय ६५ प्रतिनिधिसभा सदस्यमध्ये १ सय ५६ स्थानको अन्तिम परिणाम सार्वजनिक

  गाैरीशंकर टाइम्स सम्बाददाता  170 पटक हेरिएको

काठमाडाै । गत मंसिर ४ गते सम्पन्न भएकाे प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनकाे प्रत्यक्षतर्फका अन्तिम मतपरिणाम सार्वजनिक भएकाे छ । निर्वाचन आयाेगले देशभरीकाे १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १५६ स्थानको अन्तिम मत परिणाम सार्वजनिक गरिएको  हाे ।

आयाेगले सार्वजनिक गरेकाे मत परिणाम अनुसार नेपाली कांग्रेसले सबभन्दा बढी ५३ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४१ स्थान, माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ६ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ।

त्यसैगरी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १-१ सिट हासिल गरेका छन् भने स्वतन्त्रले ५ स्थानमा विजयी भएका छन् । निर्वाचन धाँदली र विवाद भएकाे भन्दै दोलखा, स्याङ्जा–२ र बाजुराको मत भने गणना हुन बाँकी नै रहेकाेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार