दाेलखा । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न भएकाे प्रतिनिधि र प्रदेशसभाकाे मतदानलाइ खारेज गर्दै पुनःमतदान गर्ने निर्णय गरेको छ । आयाेगले बैत्यश्वर र तामाकाेसी गाउपालिकामाअनधिकृत मतदान भएको ३ मतदान केन्द्रका १० वटा बुथमा पुनः मतदान गर्ने निर्णय गरेकाे हाे ।
आयोगले स्थलगत भ्रमण र अध्ययनपछि सिफारिसका आधारमा वैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाकाे मतदान केन्द्रमा अनधिकृत कब्जा भएको निष्कर्ष निकाल्दै साे स्थानमा पुनः मतदानको लागि निर्देशन दिएकाे आयुक्त रामप्रसाद भण्डारीले बताउनु भयाे । खारेज भएका वैतेश्वर गाउँपालिका वडा नम्बर ६ काे नाम्दुस्थित वैतेश्वर मावि मतदान केन्द्रका बुथ क,ख र गमा पुनः मतदान हुने भएको छ ।
त्यसैगरी, सोही पालिकाकाे वडा नम्बर २ का पुतलिकाठकाे जनज्योति माविका क, ख र वडा नम्वर ३ स्थित मिर्गेकाे कालिढुंगा माविका क, ख र ग मा पनि पुनः मतदान हुने भएकाे हाे । तामाकेशी गाउँपालिका वडा नम्बर ३ जफे हेल्थपोष्ट मतदान केन्द्रका क र ख बुथमा पनि पुनः मतदान हुने भएको छ । आयाेगले साे स्थानमा मंसिर १५ गतेभित्र पुनः मतदान गर्न आइतबार विज्ञप्ति निकाल्दै मुख्य निर्वाचन कार्यलय दाेलखालाइ निर्देशन दिएकाे छ ।