बैत्यश्वर र तामाकाेसीमा मंसिर १५ गते पुनः मतदान गर्न निर्वाचन कार्यलयकाे तयारी

  गाैरीशंकर टाइम्स सम्बाददाता  675 पटक हेरिएको

दाेलखा । जिल्ला निर्वाचन कार्यलयले प्रतिनिधि र प्रदेशसभाका मतदान खारेज भएकाे स्थानमा पुनः मतदान गर्ने तयारी गरेको छ । कार्यलयले बैत्यश्वर र तामाकाेसी गाउपालिकाकाे तीन मतदान केन्द्रका दश वटा बुथका लागि पुनः मतदान गरिन लागेकाे हाे ।

साे स्थानमा गत मंसिर ४ गते अनाधिकृत कब्जा गरी एकलाैटी मतदान भएको उजुरी परेपछि आयोगले स्थलगत भ्रमण र अध्ययन गरी मतदान रद्द गरिएकाे थियाे । आयोगले परेकाे उजुरीमाथि आइतबार फैसला गर्दै तीन मतदान केन्द्रका दश वटा बुथमा पुनः मतदान गर्ने निर्णय गरेकाे थियाे । खारेज भएका वैतेश्वर गाउँपालिका वडा नम्बर ६ काे नाम्दुस्थित वैतेश्वर मावि मतदान केन्द्रका बुथ क,ख र ग मा पुनः मतदान हुने भएको छ ।

त्यसैगरी, सोही पालिकाकाे वडा नम्बर २ का पुतलिकाठकाे जनज्योति माविका क, ख, वडा नम्वर ३ स्थित मिर्गेकाे कालिढुंगा माविका क, ख, ग र तामाकेशी गाउँपालिका वडा नम्बर ३ जफे हेल्थपोष्ट मतदान केन्द्रका क र ख बुथमा पुनः मतदान हुने भएकाेछ । त्यसका लागि मंसिर १५ गते विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने तयारी गरेकाे जिल्ला निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयाे । आयाेगले साे स्थानमा मंसिर १५ गतेभित्र पुनः मतदान गर्न आइतबार विज्ञप्ति निकाल्दै मुख्य निर्वाचन कार्यलयलाइ निर्देशन दिएकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार