दाेलखा प्रतिनिधिसभा सदस्यमा ३ सय १८ मतले गंगा कार्की विजयी

त्यस्तै प्रदेश नम्बर १ मा कांग्रेसका कुन्दन काफ्ले र २ मा एमालेका भरत केसी विजयी

  गाैरीशंकर टाइम्स सम्बाददाता  223 पटक हेरिएको

दाेलखा । जिल्लाको एकमात्र प्रतिनिधिसभा सदस्यमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गंगा कार्की (विश्व) विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार वालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाे हाे ।

प्रतिनिधि सभा सदस्यका कार्कीले ३६ हजार ७ सात सय ९५ मत प्राप्त गर्दा शिवाकोटीले ३६ हजार ४ सय ७७ मत ल्याए । जिल्लामा निकै राेचक रहेका उनीहरू दुुई बीचको मतान्तर ३ सय १८ रहेको छ ।

त्यस्तै, दाेलखाकाे दुईवटा प्रदेश सभा अर्न्तर्गत क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले फराकिलो मतान्तरले बिजय भएका छन् । नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई ७ हजार ८ सय ७५ मतान्तरले पराजित गर्दै काफ्ले बिजय भएका हुन् । काफ्लेले २३ हजार २ सय ३१ मत प्राप्त गरेका छन् भने नेकपा एमाले उम्मेदवार श्रेष्ठले १५ हजार ३ सय ५६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, प्रदेश सभा क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार भरत बहादुर केसी बिजयी भएका छन् । निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका बर्मा लामालाई पराजित गर्दै केसी विजयी भएका हुन् । केसीले १९ हजार ४ सय १४ मत प्राप्त गर्दा लामाले १७ हजार ५ सय ९५ मत प्राप्त गरे । उनीहरुबीचको मतान्तर १ हजार ८ सय १९ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार