दोलखामा प्रतिनिधि र प्रदेशसभागरी ४६ जना उम्मेदवारको जमानत जफत

  गाैरीशंकर टाइम्स सम्बाददाता  293 पटक हेरिएको

दोलखा । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा उम्मेदवारी दिएको मध्ये ४६ जनाको जमानत जफत भएको छ । निर्वाचनमा भाग लिन उम्मेदवारी दिएका ५२ जनामध्ये ६ जनाबाहेक अन्य सबैको जमानत जफत भएको हो ।

निर्वाचनमा भाग लिनका लागि प्रतिनिधिसभा सदस्यतर्फ २१ जनाले उम्मेदवारी दिएकोमा १९ जनाको जमानत जफत भएको छ । उम्मेदवारी दिएकामध्ये माओवादी केन्द्रका गंगा कार्की विश्व र एमालेका बालकृष्ण शिवाकोटी बाहेक अन्य सबैको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दाेलखाले जनाएको छ ।

यसैगरी, जिल्लामा दुइ वटा क्षेत्र रहेकाे प्रदेशसभा तर्फ १ मा १६ जनाकाे जमानत जफत भएको छ । प्रदेशसभा सदस्यका उम्मेदवारी दिएका १८ जनामध्ये कांग्रेसका कुन्दनराज काफ्ले र एमालेका नरबहादुर श्रेष्ठ बाहेक १६ जनाको जमानत जफत भएको हो । प्रदेशसभा २ मा उम्मेदवारी दिएका १३ जना मध्ये एमालेका भरतबहादुर केसी र कांग्रेसका बर्मा लामाबाहेक अन्य ११ जनाको जमानत जफत भएको छ ।

निर्वाचनमा सहभागी हुने दल र उम्मेदवारले उम्मेदवारी मनोनयनअघि धरौटी वापत प्रतिनिधिसभाका लागि १० हजार र प्रदेशसभा तर्फ ५ हजार धराैटी ताेकिएकाे थियाे । प्रतिनिधिसभातर्फ १ लाख ९० दश हजार र दुइवटा प्रदेशसभातर्फ १ लाख ३५ हजार गरी ३ लाख २५ हजार धरौटी जमानत जफत भएकाे हाे । प्रतिनिधिसभा सदस्यमा निर्वाचन ऐन २०७४ को दफा ७० बमोजिम प्रत्यक्षतर्फ उम्मेदवारी बन्नेले सम्बन्धीत निर्वाचन अधिकृतको कार्यालयमा १० हजार रुपैयाँ र प्रदेशसभाको प्रत्यक्षमा उम्मेदवारी दिने उम्मेदवारले ५ हजार रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार