काठमाडौ । नेपाल खेलकुद महासँघ (नेकाेस)काे दोस्रो राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ । आगामी फागुन ७ गते हुने संघको केन्द्रीय महाधिवेशन समग्र खेल क्षेत्रमा लाग्नेहरुका लागि उत्सवको रुपमा लिदै सम्पन्न गर्न लागेकाे हाे ।
नेकपा एमालेकाे जनवर्गीय संगठन नेकाेसकाे महाधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले उद्धघाटन गर्नु हुनेभएको छ । नेकाेसले देशभरिबाट १० हजार भन्दा बढीको सहभागितामा कार्यक्रम गर्न लागिएको हाे । महाधिवेशन तयारीका लागि प्रचार विभागकाे पहिलो पुर्ण बैठक शुक्रबार बानेश्वरस्थित कार्यलयमा प्रमुख तिर्थबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएकाे छ । बैठकले संगठनलाइ पुर्नता दिनका लागि लक्षुमण शर्मालाई उपप्रमुख, किशोर गुरुङ र रन्जन खड्कालाई सदस्यमा मनाेनित समेत गरिएको छ ।
महाधिबेशनलाई भब्य र सभ्य बनाउन डिजिटल प्रचार अभियान सुरु गर्ने, खेलकुद महासंघको स्मारिका प्रकाशन गर्ने लगाएतकाे महत्वपुर्ण निर्णय गरिएकाे प्रबक्ता खड्काले बताए । साे महाधिबेशनबाट नयाँ कार्यसमिति चयन गरिने समेत बताए । फागुन ७ गते उद्घाटनपछि ९ गतेसम्म हुने बन्द सत्रमा समेत करिब ६ सय प्रतिनिधि, पर्यवेक्षक तथा खेलक्षेत्रका अगुवालगायतका १ हजार भन्दा बढीको सहभागिता हुने जानकारी समेत दिनुभयो ।
खेल क्षेत्रलाई महत्व दिने पार्टी नेकपा एमाले नै रहेको भन्दै उहाँले खेलकुद महासँघले खेलकुदको प्रवर्धन गर्दै खेलाडिहरुको हितका लागि नीति निर्माणमा पार्टीलाई दवाव दिने र खेल क्षेत्रको समग्र विकासका लागि प्रयत्न गर्ने मुख्य उद्देश्य रहेको बताउनुभयो ।