नेपाल खेलकुद महासंघको महाधिवेशन तयारी गर्दै स्थायी कमिटी बैठक सम्पन्न

  गाैरीशंकर टाइम्स सम्बाददाता  165 पटक हेरिएको

काठमाडौ । नेकपा एमालेका जनवर्गीय संगठन नेपाल खेलकुद महासंघका स्थायी कमिटीको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । आयोजक कमिटीले महाधिबेशन तयारीका लागि उपसमिति गठन गरी एजेन्डा पारित गर्दै बैठक सम्पन्न भएको हो ।

महाधिबेशन आयोजक कमिटीका संयोजक कृष्णबहादुर बस्नेत(पर्शुराम)को अध्यक्षतामा बसेको बैठकले नीतिगत योजना सहित महाधिबेशन तयारी गरेको छ । बैठकमा नेकपा एमालेका पोलिटब्युरो सदस्या एवं नेकोसको इन्चार्ज गोकुल बाँस्कोटा प्रमुख अतिथ्यता रहनुभएको थियो । सो बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य एवं नेकोसका सहइन्चार्ज रमेश पौडेल, नेकपा एमाले केन्द्रिय खेलकुद विभागका सचिब मेघराज पौडेल लगायतको उपस्थित रहेको थियो ।

नेकोसको दोस्रो महाधिबेशन आगामी फागुन ७ गतेदेखि ९ गतेसम्म मोरङ्गको विराटनगरमा गरिने निर्णय यसअधिनै गरिसकेको थियो । सो महाधिबेशनलाई नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गर्नुहुने कार्यक्रमतय गरिएको छ । महाधिबेशन सफतापुर्वक सम्पन्न गर्नको लागि देशैभरबाट दशौ हजार सहभागिताका साथ विभिन्न खेल क्षेत्रका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडीहरुको सहभागिता रहने नेकोसका प्रचार विभाग प्रमुख एवं प्रबक्ता तिर्थबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार खेलकुद महासँघले खेलकुदको प्रवर्धन गर्दै खेलाडीहरुको हकहितका लागि नीति निर्माणमा पार्टीलाई दवाव दिने र खेल क्षेत्रको समग्र विकासका लागि प्रयत्न गर्ने मुख्य उद्धेश्य रहेको समेत बताए ।

नेकोसको पुस २३ गते शनिवार बसेको दोस्रो स्थायी कमिटीको पुर्ण बैठकले महाधिबेश तयारीका लागि कृष्णबहादुर बस्नेतको मुल ब्यावस्थापन समिति रहने गरी १४ वटा उपसमिति समेत गठन गरिएको छ । महाधिबेशनका लागि प्रतिनीधि व्यावस्थापनतर्फ दिपेन्द्र दहाल, राजनीतिक सांगठनिक प्रतिवेदन लेखनतर्फ कृष्णबहादुर(पशुराम) बस्नेत, विद्यान मस्यौदातर्फ भिम ओली, आर्थिक व्यावस्थापनतर्फ रुपेश अधिकारी, स्वयंसेवक व्यवस्थापन तथा सुरक्षातर्फ शिवजी गुप्ता र खाद्यन्न व्यावस्थापनतर्फ सन्तोषी श्रेष्ठललाई जिम्मेवारी ताकिएको छ ।

त्यसैगरी, जनपरिचालनतर्फ सन्तोष बान्तवा,  मंन्च व्यावस्थापन तथा स्वागत समारोहका लागि नन्द वत्स्याल, खेलकुद प्रर्दशनका लागि ओमकृष्ण, अतिथि सत्कारतर्फ शम्भु पौडेल, आवास व्यावस्थापनमा विप्लब घोष, प्रचार–प्रसार तथा मिडिया समन्वयनतर्फ तिर्थबहादुर खड्का, स्वास्थ्य तर्फ दिपक न्यौपाने र यातायात तथा ट्राफिक व्यवस्थापन तर्फ सलिल प्रधानलाई जिम्मेवारी तोकिएकोछ ।

नेकपा एमालेले खेल क्षेत्रलाई प्राथमिकता दिन र सम्मानजनक सहभागिता गराउनको लागि छुट्टै खेलकुद विभागको स्थापना गरिएको थियो । महाधिबेशन आयोजक समितिले उद्धघाटनशस्त्रमा विभिन्न कलाकौशल, साँस्कृतिक कार्यक्रम लगायत विभिन्न विधाका खेलहरु समेत प्रदशन गरिने तयारी गरिएकोछ । नेकोसको तीन दिनसम्म चल्ने सो महाधिबेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति समेत निर्वाचित गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार