मुख्यमन्त्रीमा एमालेका प्रदेशसभा सदस्य हिक्मत कार्की नियुक्त

  गाैरीशंकर टाइम्स सम्बाददाता  163 पटक हेरिएको

काठमाडौ । नेकपा एमालेको प्रदेशसभा सदस्य हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रदेश नं. १ को नयाँ मुख्यमन्त्रीमा कार्की नियुक्त हुनुभएको हो ।

नेपालको संविधानको धारा १६८ उपधारा २ बमोजिम कार्कीलाई पौष २४ गते मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । आइतबार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखका सचिवालयले जनाएको छ । कार्कीलाइ मुख्यमन्त्रीमा नियुक्त गर्नुहुदै प्रदेश प्रमुख परशुराम खापुङले बधाइ समेत दिनुभएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार