काठमाडाै । यति एयरलाइन्सकाे जहाज दुर्घटनामा परेको छ। काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणको क्रममा पुरानो विमानस्थल नजिकै दुर्घटनामा परेको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विष्णुप्रसाद अधिकारीले दुर्घटनाको पुष्टि गरेका छन् । यति एयरलाइन्सको एटिआर–७२ जहाजमा ६८ जना यात्रु र ४ जना चालक दलकाे सदस्य सहित ७२ जना रहेको एयरलाइन्सले बताएको छ । ९एन एएमसी कल साइनको उक्त जहाज काठमाडौंबाट १० बजेर ३३ मिनेटमा उडेको पाेखराकाे लागि उडेकाे थियाे ।