पाेखरामा दुर्घटनाग्रस्त जहाजमा ६२ नेपाली र १० जना विदेशी नागरिक सवार

  गाैरीशंकर टाइम्स सम्बाददाता  83 पटक हेरिएको

काठमाडौँ  । यती एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजमा ६२ नेपाली नागरिक र १० जना विदेशी नागरिक रहेको बताइएको छ । यती एयरलाइन्सका स्रोतले दिएको जानकारीअनुसार चालक दलका चार सदस्यसहित ६२ जना नेपाली र १० जना विदेशी नागरिक थिए ।

काठमाडौँबाट पोखराका लागि उडेको (एन–एएनसी एटीआर जहाज अहिले बिहान दुर्घटनामा परेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार जहाजमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य सहित ७२ जना रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार