दुर्घटनाकाे छानबिन समिति गठन गर्दै, शोकमा साेमबार सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

  गाैरीशंकर टाइम्स सम्बाददाता  104 पटक हेरिएको

काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । आइतबार दिउँसो मन्त्रिपरिषदको आकस्मिक बसेको  बैठकले छानबिन समिति गठन गरेको हो ।

मन्त्रिपरिषदको बैठकले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा अपनाउनुपर्ने विषयमा सुझावसहितको प्रतिवेदन बुझाउन आयोगलाई निर्देशन दिइएको अर्थमन्त्री बिष्णु पौडेलले बताए । आइतबार मन्त्रिपरिषदको आकस्मिक बसेको बैठकले दुर्घट्नाकाे शाेकमा साेमबार सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।

त्यसैगरी, यति एयरलाइन्सको विमान आइतबार बिहान पोखरा विमानस्थल नजिक सेती नदी खोंचमा दुर्घटना परेको थियो । उक्त विमानमा चार चालक दलका सदस्य र ६८ जना यात्रुसहित ७२ जना सवार थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार