सेवाबाट हटाएकाे भन्दै करार कर्मचारीद्वारा कार्यलयमा तालाबन्दी

 174 पटक हेरिएको

दाेलखा । गौरीशंकर गाउँपालिका वडा नम्बर १ काे कार्यलय सहयाेगी र स्वस्थ्य इकाइमा कार्यरत कर्मचारीलाई सेवाबाट हटाईएको भन्दै कर्मचारी आन्दाेलनमा उत्रिएकाे छ । गौरीशंकर गाउँपालिका वडा नम्बर १ मा कार्यरत कार्यालय सहयोगी राधा खड्का, गौरीशंकर १ स्थित आधारभुत स्वास्थ्य केन्द्रकी अहेव अप्सरा बुढाथोकी र अनमी सिर्जना खड्कालाई सेवाबाट हटाईएको हो ।

गाउँपालिका अध्यक्ष र वडा अध्यक्षले अन्याय र बिभेदपुर्ण व्यवहार गरि आफुहरूलाइ हटाएको भन्दै उनीहरुले आधारभुत स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका हुन् । गाउँपालिकाले आफुहरुमाथि अन्यायपुर्ण निर्णय गरेकाले स्वास्थ्य केन्द्रमा तालाबन्दी गर्नुपरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

गाउँपालिकाले निर्णय नसच्याएसम्म आन्दोलन जारी राख्ने स्वास्थ्य केन्द्रकी अहेव अप्सरा बुढाथोकीले बताईन् । स्थानीय जनप्रतिनिधिहरुले पुर्वाग्रहका आधारमा लामो समयदेखि काम गर्दै आएका अनुभवी करारका कर्मचारी हटाउन थालेपछि बिरोध हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार