काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले सरकारमा सहभागि हुनकाे लागि तीन मन्त्रालय पाएको छ । रास्वपाले शिक्षा, श्रम राेजगार तथा सामाजिक सुरक्षा र स्वास्थ राज्य मन्त्रालय पाएकाे हाे ।
सरकारमा सामेल हुनकाे लागि सत्तागठबन्धनले मन्त्रालयकाे भागबन्डा टुंगिएपछि पार्टी सभापित रवि लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो गरेका हुन् । रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीलाई पठाउने निर्णय गरिएको छ । सभापति लामिछाने यसअघि नै उपप्रधानसहित गृहमन्त्री भैइ भइसकेका छन् ।