काठमाडौ । सत्ता गठबन्धनका दल नेकपा एमालेले मन्त्री बन्ने चार जनाको नाम टुंगो लगाएको छ । एमालेको भागमा परेको आठ मन्त्रालयमध्ये चार जना यसअघि नै मन्त्री बनिसकेकाे हुदाँ बाकी चार मन्त्रीकाे पनि टुंगाे लगाएकाे हाे ।
त्यसैगरी, मंगलबार नयाँ पठाउन लागिएका मन्त्रीहरूमा विमला राई पौड्याल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती रहेका छन् । पौड्यालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने निश्चित छभने अन्य कसलाई के जिम्मेवारी दिने भन्नेबारे अन्तिम टुंगो लागि नसकेकाे बालुवाटार स्राेतले जनाएकाे छ ।