सरकारकाे उपप्रधानमन्त्रीमा थपिए लिङ्देन

  गाैरीशंकर टाइम्स सम्बाददाता  99 पटक हेरिएको

काठमाडौं । सरकारमा सहभागि हुन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्री पदको शपथ लिनुभएकाे छ । अध्यक्ष लिङ्देनलाइ मंगलबार दिउँसो शीतल निवासस्थित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनु भएकाे हाे ।

प्रधानमन्त्री पुष्पकमल दाहालकाे नेतृत्वमा बनेकाे सरकारमा चारजना उपप्रधानमन्त्री भएको छ । यसअघि एमालेका उपाध्यक्ष विष्णु पौडेल, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री भइसकेका छन् । यससंगै सरकारलाइ पुर्नता दिनकाे लागि सत्ता साभेदारी दलहरूका तर्फबाट मन्त्री बन्ने र मन्त्रालयसमेत टुंगाे लगाइ सकेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार