संघीय सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

  गाैरीशंकर टाइम्स सम्बाददाता  200 पटक हेरिएको

 

 

काठमाडाै । संघीय सभाकाे सभामुखमा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार संसद भवन बानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकको निर्वाचनमा सत्तारुढ दलका उम्मेदवार घिमिरे सभामुख पदमा निर्वाचित भएकाे हाे ।

सभामुखमा सत्तारुढ दलको तर्फबाट घिमिरे र कांग्रेसको तर्फबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका थिए । घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत, विपक्षमा १०० मत र मत दिन्न भन्नेमा १ मत परेको थियाे ।

सभामुख पदमा घिमिरेले १६७ मत पाएसँगै बहुमतले पारित गरेको ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए । घिमिरेको पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत, जसपा र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेकाे थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार