उपसभामुखमा सत्ता साझेदारका दलबाट साेभिता गाैतमलाइ उम्मेद्वार बनाउने

  गाैरीशंकर टाइम्स सम्बाददाता  151 पटक हेरिएको

काठमाडौ । सत्ता साझेदार दलले राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतमलाई उपसभामुखका उम्मेद्बार बनाउने तयारी गरिएको छ । आगामी माघ ७ गते शनिबार हुने उपसभामुखको निर्वाचनका लागि गौतमलाई उम्मेदवार बनाउने तयारी गरिएको हो ।

गाैतमलाइ उपसभामुख उम्मद्वर बनाउने बारे रास्वपाले भने आधिकारिक निर्णय भने गरिसकेकाे छैना । गौतम काठमाडौं २ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएकी हुन् ।

यसैबीच, उपसभामुखकाे उम्मेद्वार सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दहाल(प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गौतमले छलफल गर्नुभएको थियाे । गाैतमले शुक्रबार हुने उम्मेदवारी दर्ताको विषयमा प्रचण्ड र ओलीसँग छलफल गर्नुभएको थियाे ।

उपसभामुखको मनोनयनका लागि शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय दिइएको छ। दर्ता हुन आएका नाम दिउँसो ४ः१५ बजे सार्वजनिक गरिनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार