नेपाल खेलकुद महासंघले सार्वजनिक गर्याे महाधिबेशनको आधिकारिक लोगो

  गाैरीशंकर टाइम्स सम्बाददाता  395 पटक हेरिएको

काठमाडौ । नेकपा(एमाले) निकट भातृसंगठन नेपाल खेलकुद महासंघले दोस्रो महाधिबेशको आधिकारिक लोगो सार्वजनिक गरेको छ । महासंघले महाधिबेशनका लागि “खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वस्थ्य हाम्रो सरोकार” भन्ने मुल नारा सहित लोगो सार्वजनिक गरेको हो ।

नेकोसको दोस्रो महाधिबेशन आगामी फागुन ७ गतेदेखि ९ गतेसम्म विराटनगरमा हुदैछ । महाधिबेशनलाई देशभरिका दशौ हजार सहभागिताका साथ एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्न‘ुहुने कार्यक्रम तय गरिएको आयोजक कमिटीका संयोजक कृष्णबहादुर (पर्शुराम) बस्नेतले बताए ।

त्यसैगरी, महाधिबेशनमा विभिन्न विधाका खेलकुद तथा साँस्कृतिक कार्यक्रम समेत प्रर्दशन गरिने प्रचार विभाग तथा प्रबक्ता तिर्थबहादुर खड्काले बताए । उनका अनुसार तीन दिनसम्म हुने महाधिबेशनबाट नयाँ कार्यसमिति समेत निर्वाचित गरिने बताए ।

नेकाेसकाे दाेस्राे स्थायी कमिटीकाे पुर्ण बैठकले महाधिबेशन तयारीको लागि सर्कुलर नै जारी उपसमिति गठन गरि जिम्मेवारी समेत तोकिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार