संघीयसभाकाे उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ इन्दिरा राना मगर निर्वाचित

  गाैरीशंकर टाइम्स सम्बाददाता  166 पटक हेरिएको

काठमाडौँ । संघीयसभाकाे उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार प्रतिनिधिसभामा सम्पन्न भएकाे निर्वाचनबाट नेतृ इन्दिरालाइ उपसभामुखमा निर्वाचित गरिएकाे हाे ।

उपसभामुखका लागि सत्तारूढ दलका तर्फबाट सांसद मगर र नेपाली कांग्रेसले मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएकाे थियाे ।प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १ सय ६६ र विपक्षी यादवलाइ ९७ मत परेकाे थियाे । रानालाइ साेभिता गाैतमकाे प्रस्तावक र कृष्णगाेपाल श्रेष्ठकाे सर्मथन रहेकाे थियाे ।

त्यसैगरी, इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरेकाे थियाे । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार