दाेलखामा मकर जितुमाया सुरी हाइड्रोपावरले स्थानीयलाइ आईपीओ निष्काशन गर्दै

  गाैरीशंकर टाइम्स सम्बाददाता  180 पटक हेरिएको

काठमाडाै । दाेलखाकाे उत्तरी सुरीमा निर्माणधीन मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ १५ गतेबाट आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ६० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाका दरले ७ लाख ६० हजार कित्ता स्थानिय बासिन्दाहरुका साधारण शेयर निष्काशन गर्न लागेको हो। त्यसमध्ये अति प्रभावित क्षेत्र दोलखाको गौरीशंकर गाँउपालिकाको वडा नं. ५ र ६ का बासिन्दाहरुमा ३ लाख ४ हजार कित्ता शेयर निष्काशन गरिनेछ । त्यससंगै, प्रभावित क्षेत्र साेहि पालिकाकाे वडा नं. १, २, ३, ४, ७ ८ र ९ का बासिन्दाहरु लागि ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र जिल्लाको विगु गाँउपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुमा १ लाख १४ हजार कित्ता शेयर निष्काशन गर्न लागेकाे कम्पनीले जनाएको छ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५२ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। स्थानिय बासिन्दाहरुले सो आईपीओमा अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आयोजन प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा माघ २९ गते हुनेछ भने ढिलोमा फागुन १५ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ २९ गतेभित्र आवेदन दिनु पर्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले आयोजना स्थल, प्रभु बैंक र लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । प्रभु क्यापिटलले निर्माण गरेको अनलाईन लिङ्कमा गई आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार