काठमाडाै । नेपाल खेलकुद महासंघ वाग्मती प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि चितवनले जितेको छ । शनिबार रामेछापको मन्थलीमा भएको फाइन खेलमा रामेछापलाई पराजित गर्दै चितवनले उपाधि जितेको हो ।
भलिबलकाे फाइनल खेलमा चितवनले रामेछापलाई २५–१८, २५–१८ र २५–२३ को सोझो सेटमा हराएको थियाे । खेलको विजेता बन्दै चितवनले २ लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बन्ने रामेछापले १ लाख रुपैँया नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ ।
साे प्रतियोगितामा धादिङलाई हराउँदै सिन्धुपाल्चोक तेस्रो भएको थियो । सिन्धुपाल्चोकले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । चौथो स्थान प्राप्त गरेको धादिङले ३० हजार नगद पुरस्कार पाएको छ ।
त्यसैगरी, नेकाेस बागमती प्रदेशद्वारा आयाेजित खेललाइ नेकपा एमाले स्थायी कमिटीका सदस्य एवं पुर्वमन्त्री भानुभक्त ढकालकाे प्रमुख अतिथ्यमा समापन भएकाे थियाे । ढकालले विजयी खेलाडीलाई नगद पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभइ खेलकाे समापन गर्नुभयाे ।
उक्त खेल समापन कार्यक्रम केन्द्रीय महाधिबेशन आयाेजक समितिका संयोजक कृष्णबहादुर(पर्शुराम) बस्नेत, स्थाई कमिटी सदस्य धर्म लामा, प्रचार विभाग प्रमुख एवं प्रबक्त तिर्थबहादुर खड्का, रामकृष्ण खड्का, उज्जवल सुबेदी र शान्तमाया परियार लगायतको अतिथ्यतमा शनिबार सम्पन्न भएकाे थियाे ।