सोनाम ल्होछारले उल्लासमय बन्यो टुँडिखेल  

  गाैरीशंकर टाइम्स सम्बाददाता  334 पटक हेरिएको

काठमाडौं । तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज काठमाडौकाे टुँडिखेलमा सोनाम ल्होछार मनाएका छन् । ल्होछारको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) काे प्रमुख अतिथ्यमा विशेष महोत्सव र मेलाको आयोजना गरि साेनाम ल्हाेछार मनाएको हाे ।

तीन दिनसम्म टुँडिखेलमा तामाङ समुदायले ल्होछार पर्वको अवसरमा आफ्ना सांस्कृतिक, धार्मिक नाचगान एवं झाँकी समेत प्रदर्शन गरिएको छ । तामाङहरुको बसोवास रहेका स्थानमा मेला, महोत्सव लाग्ने गर्छ । आजको दिनलाई नयाँ वर्षको रुपमासमेत मनाउने गर्दछन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५९ औं वर्ष सुरू भएको छ । आजदेखि ताकल्हो (बाघ वर्ष)लाई विलाई गरी, ह्योई (खरायो वर्ष) ल्हो वर्ष सुरू भएको छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाउने गरिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार