दाेलखामा मकर जितुमाया सुरी हाइड्रोपावरले ७ करोड ६० लाखको स्थानीय शेयर निष्काशन

  गाैरीशंकर टाइम्स सम्बाददाता  750 पटक हेरिएको

दाेलखा । दाेलखामा निर्माणधीन मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले माघ १५ गतेबाट साधारण शेयर निष्काशन तथा बिक्रि खुल्ला गरेकाे छ। कम्पनीले आयोजनाकाे अतिप्रभावित, प्रभावित र सामान्य प्रभावित गरि तीन वर्गमा स्थानियका लागि ७ करोड ६० लाख रुपैयाँ बराबरको शेयर निष्काशन गरिएकाे हो।

कम्पनीकाे जारी पूँजी ७६ करोड रुपैयाँ बराबरकाे १० प्रतिशत शेयर स्थानीय प्रभावितका लागि खुल्ला गरिएकाे हाे । स्थानीयले प्रतिशेयर १०० रुपैयाका दरले माघ १५ देखि २९ गतेसम्म शेयर आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ । त्यसमध्ये अति प्रभावित क्षेत्र आयाेजनास्थल गौरीशंकर गाँउपालिका वडा नं. ५ र ६ का लागि ३ लाख ४ हजार कित्ता शेयर निष्काशन गरिएकाे छ । त्यससंगै, प्रभावित क्षेत्र साेहि पालिकाकाे वडा नं. १, २, ३, ४, ७ ८ र ९ का लागि ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र जिल्लाको विगु गाँउपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुका लागि १ लाख १४ हजार कित्ता शेयर निष्काशन गरिएकाे कम्पनीले जनाएको छ।

त्यसैगरी, कम्पनीकाे धिताेपत्र निष्काशन तथा शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेकाे छ । स्थानीयले शेयर आबेदनका लागि प्रभु बैंक लिमिटेड दाेलखा शाखा, प्रभु बैंक लिमिटेड अर्थत साबिक सेन्चुरी बैंक लिमिटेडका शाखाहरू चरिकाेट र सिंगटी, लक्ष्मि बैंक लिमिटेडका चरिकाेट तथा सुनखानी शाखा, माथिल्लाे सुरीखाेला जलविद्युत आयाेजना स्थलकाे कार्यलय दाेलखा, सुरीखाेला जलविद्युतकाे आयाेजना स्थल दाेलखा, प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडाैं र क्यापिटलकाे शेयर आवेदन अनलाइन https://ipoapply.prabhucapital.com लिङ्कबाट समेत शेयर भर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार