काठमाडाैं । नेकपा एमालेको जन वर्गीय संगठन नेपाल खेलकुद महासंघकाे दोस्रो राष्ट्रिय महाधिवेशन फागुन ७ गतेदेखि ९ गतेसम्म विराटनगरमा हुने भएको छ । महासंघकाे दाेस्राे महाधिवेशन उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएकाे हाे ।
नेकाेसकाे महाधिवेशन तयारीका लागि माघ १६ गते साेमबार विराटनगरमा सम्पन्न पत्रकार सम्मेलनबाट औपचारिक रूपमा तयारी सुरु भएको छ । महाधिबेशन आयाेजक उपसमितिका संयाेजक कृष्णबहादुर बस्नेत (पर्शुराम)का अनुसार यो महाधिवेशन समग्रहमा खेल क्षेत्रमा लाग्नेहरूको लागि उत्सवको रूपमा रहने बताए । महाधिवेशन उद्घाटनको दिन कराँँते, उषु, तेक्वान्दो लगायत अन्य खेलहरु प्रर्दशन गरिने र दोस्रो राष्ट्रिय महाधिवेशनको गितमा सांस्कृतिक कार्यक्रम समेत हुने बताए ।
महाधिवेशन सम्पन्न गर्न हाल कायम रहेको २ सय १६ सदस्यीय केन्द्रिय कमिटी नै मुल व्यवस्थापन समिति रहने तथा प्रदेश न. १ र मधेश प्रदेश महासंंघका जिम्मेवार पदाधिकारीहरु महाधिवेशन व्यवस्थापनमा विशेष सहभागिता रहने निर्णय गरिएको बताए। यिनै निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रममा १५ वटा उप समितिका संयोजक तथा सदस्यहरु पनि चयन गरिएको थियो ।
राजनैतिक,सांगठनिक प्रतिवेदन लेखन उप-समितिका संयोजक कृष्णबहादुर बस्नेत(पर्शुराम), प्रतिनिधि व्यवस्थापन उप-समितिका संयोजक दिपेन्द्र दाहाल, विधान मस्यौदा उप-समितिका संयोजक भिम ओलि, आर्थिक व्यवस्थापन उप-समितिका संयोजक रुपेश अधिकारी, सहसंयोजक उज्ज्वल सुवेदी, स्वयंसेवक तथा सुरक्षा व्यवस्थापन उप-समितिका संयोजक शिवजी गुप्ता, खाद्यान्न व्यवस्थापन उप-समितिका संयोजक सन्तोष श्रेष्ठ, मञ्च व्यवस्थापन उप-समितिका संयोजक नन्दा बस्याल, जन परिचालन उप-समितिका संयोजक सन्तोष बान्तवा, खेलखुद प्रदर्शन उप-समितिका संयोजक ओम कृष्ण प्रसाईं, अतिथी सत्कार उप-समितिका संयोजक सम्भु पौडेल, आवास व्यवस्थापन उप-समितिका संयोजक विप्लव घोष, प्रचारप्रसार तथा मिडिया समन्वय उप-समितिका संयोजक तिर्थबहादुर खड्का, स्वास्थ्य उप-समितिका संयोजक दिपक न्यौपाने, यातायात तथा ट्राफिक व्यवस्थापन उप-समितिका संयोजक सलिल प्रधान, जनसम्पर्क समन्वय उप-समितिका संयोजक रोहित कोइराला रहेको छन् ।
संयाेजक बस्नेतले महाधिवेशनको उद्घाटन १० हजारभन्दा बढीको सहभागिताका साथ आमसभाका रूपमा गरिने र बन्द सत्रमा समेत करिब ६ सय प्रतिनिधि, पर्यवेक्षक तथा खेल क्षेत्रका अगुवालगायतका १ हजारभन्दा बढीको सहभागिता हुने जानकारी दिए । खेल क्षेत्रलाई महत्त्व दिने पार्टी नेकपा एमाले नै रहेको भन्दै उनले खेलकुद महासंघले खेलकुदको प्रवर्धन गर्दै खेलाडीहरूको हितका लागि नीति निर्माणमा पार्टीलाई दबाब दिने र खेल क्षेत्रको समग्र विकासका लागि प्रयत्न गर्ने बताए ।
विराटनगरमै आर्थिक उप-समितिको बैठक बसि आर्थिक बजेट सङ्कल्न गर्ने र अरु १४ वटा उप-समितिको बैठक छिटै बसि सभ्य र भब्य तरिकाबाट महाधिवेशन सम्पन्न गर्ने मिडिया समन्वय उप समितिका संयोजक तथा महासंघको प्रवक्ता तिर्थबहादुर खड्काले बताए । नेपाल खेलकुद महासंघको इन्चार्ज तथा सांसद गोकुल बासकोटाको प्रमुख उपस्थितिमा बैठक सम्पन्न भएको हो । यसअघिनै दाेस्राे महाधिबेशनकाे आधिकािरिक लाेगाे सार्वजनिक गरिसकेकाे छ ।