युवा व्यावसायी शेर्पाले आश्रममा खाना खुवाउदै मनाए छोराको जन्मोत्सव

  गाैरीशंकर टाइम्स सम्बाददाता  464 पटक हेरिएको

काठमाडौ । युवा व्यावसायी तथा समाजसेवि वाङदावा शेर्पाले छोराको जन्मदिनको अवसर पारेर सामाजिक सेवागरी जन्माेत्सव मनाएका छन् । बालाजुस्थित अपाङ्ग सरोकार केन्द्रमा रहेको असक्त तथा अपाङ्गलाई खाना तथा खाजा खुवाएर छोराको जन्मदिन मनाएको हो ।

शेर्पाले माघ १८ गते बुधबार आफ्नो एकमात्र छोरा पासाङनुर्वू शेर्पा चार वर्ष पुरा गरी पाचौं बर्ष लागेको अवसरमा बालाजुको अपाङ्ग सरोकार केन्द्रमा गई सामाजिक पुण्य काम गरेका हुन । उनका परिवारले त्यस केन्द्रमा रहेको ६५ जना अपाङ्ग तथा अशक्तहरुलाई विहानको खाजा तथा खाना खुवाएको हो । उनले जन्मदिनमा अन्य पार्टी तथा फजुल खर्च गर्नु भन्दा अपाङ्ग तथा असह्यलाई सेवा गर्नुनै महानकार्य हुने बताए ।

उनले विगत लामो समयदेखि होटल तथा रेष्टुरेन्ट व्यावसाय र बैदेशिक रोजगारीको सेवा प्रवाह गरिदै आएको थियो । यस प्रतिस्पर्धात्मक समयमा आफ्नो निरन्तर मेहनत र लगानशीलताले छोटो अवधिमै सफल र सक्षम भएको शेर्पाले विगतको समयदेखिनै सामाजिक सेवामा समर्पित भएर काम गरिदै आएको थियो । युवा व्यावसायी शेर्पा बदलिदो राजनीतिक क्षेत्रमा भन्दा समाज सेवामै योग्दान दिने उनले बताए । काठमाडौको कपनस्थित मिराकल ब्याँम्वो रेष्टुरेण्ट एण्ड स्नुकर क्लव चञ्चालन गरिएको छ ।

भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नम्वर ३ स्थायी घर भएको शेर्पा विगत एकदशक अगाडीदेखि होटल व्यावसायमा लागेको थियो । उनले सुरुमा साथीहरुसँग शेयर गरी होटल व्यावसाय सुरु गरेतापनि अहिले आफ्नै स्वामित्वमा कपनस्थित मिराकल ब्याँम्वो रेष्टुरेण्ट एण्ड स्नुकर क्लव चञ्चालन गरिदै आएको छ ।

त्यसैगरी, बुधबार छोराको जन्मदिनका अवसरमा श्रीमति जस्मीन राई, छोरा पासाङनुर्वु र आफु स्वंयम् उपस्थित भैई आश्रममा खाजा तथा खाना बाँडेका थिए । आफ्नो आम्दानीको केहि हिस्सा गरिब, असाह्य तथा दिनदुखीलाई निरन्तर सेवा गर्ने शेर्पाले बताए । त्यसैक्रममा हाल उनको छोरा चार वर्ष पुराभैई पाँच वर्षमा लागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार