काठमाडौ । सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था गरेको छ । निगमले आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडानका टिकट अनलाइनबाट काट्ने व्यवस्था सुरु गरेको हाे । ‘नेपाल वायुसेवा निगमले यात्रुहरुको सहजताका लागि हाललाई ई–सेवाबाट पूर्णरुपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने प्रबन्ध गरेको निगमकाे जारी विज्ञप्तिमा उल्लेख छ । निगमले आगामी दिनमा अन्य वालेट तथा वेवसाइटमार्फत् पनि टिकट काट्ने व्यवस्था मिलाइने बताएको छ । निगमले दुर्गम र विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राखेको बताएको छ ।
नेपाल एयरलाइन्सकाे टिकट अनलाइनबाटै काट्न सकिने