दोलखाबाट केन्द्रीय महाधिबेशनमा भागलिन १२ जना प्रतिनिधि सिफारिस

  गाैरीशंकर टाइम्स सम्बाददाता  194 पटक हेरिएको

चरिकोट । अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिबेशनमा सहभागी हुन जिल्ला कमिटी दाेलखाले प्रतिनिधिको नाम टुंगो लगाएको छ । आज बसेको बैठकबाट आगामी फागुनमा हुने महाधिबेशनमा सहभागी हुनको लागि १२ जना प्रतिनिधिको नाम सिफारिस गरेको हो ।

नेकपा एमालेको विद्यार्थी भातृसंगठनको २३औ महाधिबेशन आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौमा हुदैछ । अनेरास्ववियु दाेलखाले महाधिबेशनमा भागलिनको लागि जीपछिरीङ शेर्पाको संयोजकत्वमा प्रतिनिधि छनौट गरिएको स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश कमिटीका सह–इन्चार्ज रमेश श्रेष्ठले बताए । उनका अनुसार रामचन्द्र के.सी, प्रमिला दहाल, विपिन खतिवडा, शुशिल दहाल, सुजन नेपाली सुदीप पोखरेल, विजय मोक्तान, शंकर पाठक, उमेश रोकाय, विश्वराज गुरुङ र सुबोध पोखरेल गरी बाह्र जना रहेको बताए ।

त्यसैगरी, नेकपा एमाले पार्टी कमिटीसँग आबद्ध सबै भातृसंगठनहरुलाई अधिबेशन र महाधिबेशन सम्पन्न गर्न निर्देशन दिइसकेको छ । त्यससंगै अनेरास्ववियुको आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौमा महाधिबेशन हुन लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार