गाैरीशंकरकाे केन्द्र सुरीमा घन्कियाे साेनाम ल्हाेसारकाे राैनाक

  गाैरीशंकर टाइम्स सम्बाददाता  1202 पटक हेरिएको

दाेलखा । गौरीशंकर गाउपालिका केन्द्र सुरीमा तामाङ समुदायकाे राष्ट्रिय पर्व सोनाम ल्हाेसारकाे बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । स्यापलिङ गुम्बा व्यावस्थापन समितिको आयोजनामा भएको ल्हाेसार विशेष सांस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारकाे प्रस्तुति सहित ल्हाेसार बिशेष कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएकाे हाे ।

ल्हाेसार कार्यक्रम लालु बहादुर तामाङकाे अध्याक्षतामा र पुर्वसञ्चार मन्त्री पार्वत गुरुङकाे प्रमुख अतिथ्यतामा माघ २० गते शनिवारका दिन सुरीडाडामा भएकाे हाे । कार्यक्रमलाइ तामाङ समुदायकाे साँस्कृतिक विधि अनुसार पुजा गरि प्रमुख अतिथि गुरुङले पानसमा दिप प्रज्वलन गर्दै उद्वघाटन गर्नुभयाे । साे कार्यक्रममा नेकपा एमाले गौरिशंकर पालिका कमिटीका अध्यक्ष जंग गुरुङ, पुर्वपालिका प्रमुख स्वंयम बहादुर खड्का, विभिन्न गुम्बाका लामा तथा तामाङ समुदायहरुको सहभागिता रहेको थियो । तामाङ समुदायले ल्हाेसारकाे अवसरमा पुर्व सञ्चारमन्त्री गुरूङलाइ मन्त्री हुदा तामाङ जातिको पहिचानका लागि राष्ट्रिय स्तरमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुभएको भन्दै सम्मान समेत गरेको थियाे ।

कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुदै गुरुङले सबै जातजातिकाे साँस्कृतिक पहिचाहन नै अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउने प्रतिक भएकाे हुदाँ  यसलाइ सबैले संरक्षण गर्नु पर्ने बताउनु भयो । अन्य बिकाससंगै जातिय पहिचानका साँस्कृतिहरु लोप हुँदै गएको हुदाँ स्थानीय सरकारले महत्वपुर्ण भुमिका रहने भन्दै यसलाइ सबैले संरक्षण गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय स्तरका तामाङ कलाकारहरू रामकृष्ण लाे तामाङ, दाेर्जे माेक्तान, बैरागी मोक्तान, मीन योन्जन, माया स्याङ्बाे, सुनिता योन्जन, राम लामा, हरि पाख्रिन र सविना लामा लगाएतका कलाकारहरुले सांगीतिक काेशेली प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न स्थानहरू झ्याकुँ, सिंगटी, लादुक, बुलुङ लगायतका ठाँउहरूबाट एक हजारभन्दा बढिकाे सहभागि रहेकाे थियाे ।

त्यसैगरी, आयाेजकले ल्हाेसारकाे अबसरमा वडा स्तरीय भलिबल खेल समेत आयोजना गरिएको थियाे । साे भलिबल खेलमा आयोजक समुह प्रथम, हलेश्वर मा.बि द्वितीय र झ्याँकु तेस्रो भएको थियो । बिजयी हुने प्रतियोगिहरुलाइ प्रमुख अतिथि एवं पुर्वसञ्चारमन्त्री पार्वत गुरूङ लगायत उपस्थित अतिथि जंग गुरुङ, स्वंयमबहादुर खड्का लगायतले सामुहिक रूपमा पुरस्कार वितरण गर्नुभएकाे थियाे ।  खेलमा प्रथम हुनेलाइ नगद रू ३० हजार, द्वितीयलाइ २० हजार र तृतीय हुनेलाइ १० हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार