कृषकलाई आत्मानिर्भर बनाउन वडाद्धारा व्यावसायिक कृषि तालिम

  गाैरीशंकर टाइम्स सम्बाददाता  286 पटक हेरिएको

दोलखा । उत्तरी गौरीशंकरमा कृषक लक्षित व्यावसायिक कृषि तथा पशुपालन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गौरीशंकर गाउँपालिका ९ नम्बर वडाले आयोजना गरिएको पाँच दिने व्यावसायिक कृषि र पशुपालन सम्बन्धि कृषकलाई आत्मानिर्भर बनाउनको लागि तालिम दिएकाे हो ।

साविक वडाबाट दुई-दुई जना र निरन्तर व्यावसायमा आवद्ध भएका ५ जना गरी जम्मा २३ जना कृषकलाई कृषि र पशुपालनको विकास र विस्तार सम्बन्धि तालिम दिएका थिए । तालिम वडाध्यक्ष ङिमागेली शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रम वडासचिव छविप्रकाश ओलीले व्यावस्थापन तथा सञ्चालन गर्नुभएको थियो ।

तलिममा कृषकलाई कृषिसम्बन्धिको विज्ञ तथा दक्ष प्रशिक्षकहरुले विभिन्न प्राविधिक तथा सिपमुलक ज्ञानहरुको बारेमा प्रशिक्षण दिएको थियो । जसअन्र्तगत प्रशिक्षकहरुमा जिल्ला भेटेनरी अस्पताल चरिकोटका डा. ध्रुब डिसि, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका टिका बहादुर खत्री, कृषि प्राविधिक विगु गाउँपालिका दिपेन्द्र पन्त र पशुपंक्षी विकास शाखा प्रमुख, गौरीशंकर गाउपालिकाका पुणर्बहादुर मगर रहनु भएको थियो ।

त्यसैगरी, व्यावसायिक पशुपालन र कृषि गरी दुई चरणमा तालिम सञ्चालन गरिएको थियो । पहिलो चरण अन्र्तगत पशुपालन लक्षित गाई तथा बाख्राका जातहरु, पशु प्रजननका विधि, पशुलाई लाग्ने रोग, आहाराहरु दाना र घाँसको बारेमा उल्लेख गरी तालिम दिएको थियो । अर्को दोस्रो चरणमा व्यावसायिक कृषि सम्बन्धी हिउँदे, वर्षे तथा मौसमी र बेमौसमी तरकारीको नर्सरी, वेर्ना उत्पादन, खेति लागाउने विधि, बालीमा लाग्ने रोग र उपचार विधिसंगै टनेलको आवश्यकता र महत्वमा आधारित भइ प्रशिक्षण दिइएको थियो ।

व्यावसायिक कृषि तथा पशुपालन तालिमसंगै फिल्ड अवलोकन र टनेल निमाणर् सम्बन्धि प्रशिक्षण दिइएको वडाका कृषि प्राविधिक कमला तामाङले बताए । उनका अनुसार वडा कार्यलयले तालिमसंगै सहभागीलाई कृषिऔजार, विउविजन तथा टनेलको प्लाष्टिक समेत वितरण गरिएको वताए । तालिम माघ २० देखि २५ गतेसम्म गौरीशंकर मावि जगतमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार