कालिञ्चाेककाे निर्णयलाई अदालतले स्विकारेन

  गाैरीशंकर टाइम्स सम्बाददाता  227 पटक हेरिएको

काठमाडौ । दोलखाको कालिञ्चोक गाउँपालिकामा रुख कटान नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । वडाकाे पुष ३ गते आइतबार बसेको बैठकले बाँदर नियन्त्रण गर्न भन्दै निजी जग्गाका फलफुल तथा डालेघाँस बाहेक अन्य रुखहरु कटान गर्न लगाउने निर्णय गरेको थियो ।

कालिञ्चाेककाे ८ नम्बर वडाका सम्पुर्ण जग्गा धनीलाई आफ्नो जग्गा धनी पुर्जा भित्र रहेका फलफुल तथा डाले घाँस बाहेक अन्य रुखहरु कटान गर्न सुचना जारी गरेको थियोे । सूचनालाई अटेर गरे वडा कार्यालयबाट दिईने सम्पूर्ण सेवा सुविधाबाट बञ्चित गराईने समेत दबाब दिइएको थियो ।

वडाको साे निर्णय विरुद्ध अधिवक्ताहरु नविन कार्की, सुजन कार्की, आलोक शिवाकोटी र श्रद्धा सापकोटाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । यसैबीच अदालतले वडा नं ८ र सरोकारवाला पक्षलाई फागुन ३ गते छलफलका लागि बोलाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार