काठमाडौ । नेकपा एमालेका बिद्यार्थी भातृसंगठन अनेरास्ववियुकाे २३ओै राष्ट्रिय महाधिवेशन आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुनेभएकाे छ । काठमाडौंमा हुने महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गरिने हुदाँ स्थायी कमिटी सदस्य रमेश श्रेष्ठले सचिवमा उम्मेदवारी दिने तयारी गरेको हाे ।
दाेलखा स्थायी घर भएको श्रेष्ठले अनेरास्ववियुकाे विद्यालय तथा क्याम्पस कमिटीकाे तह पारगर्दै केन्द्रीय कमिटीमा पुगेको हाे । हाल संगठनको स्थायी कमिटी सदस्य तथा वागमती उपत्यका विशेष प्रदेश सहइन्चार्जकाे जिम्मेवारीमा रहि काम गर्दै आएकोे छ । त्यससँगै उनलेे हाल नेकपा एमाले जिल्ला कमिटी दाेलखाकाे सचिवालय समेत समाल्दै आएको छ ।
विद्यार्थी संगठन अनेरास्ववियुकाे लामो समयदेखि हुनानसेकाे महाधिवेशनले कस्तो नेतृत्व ल्याउनेछ भन्ने सबैकाे चासोको विषय बनेको छ । संगठनको धेरै आकांक्षीहरु वीच हुनलागेको महाधिवेशनले कडा प्रतिस्पर्धामा नेतृत्व निर्वाचित गरिनेछ ।
त्यसैगरी, प्रदेश सहइन्चार्ज श्रेष्ठले आगामी कार्यकालको लागि सचिव पदमा उम्मेदवारी दिने तयारी गरेको बताए । उनका अनुसार सचिव पदकालागि उम्मेदवारी दिन सम्बन्धित सबै तहमा क्षलफल भइरहेको बताएका हुन ।