मार्वु, दोलखा । गौरीशंकरको मार्वुमा विशेष साँस्कृतिक महोत्सव सहित धार्मिक संस्था छम्बा गुम्बाको औपचारिक उद्धघाटन गरिएको छ । नामडोलिङ गुम्बाका प्रमुख एवं रिम्पाेर्छे छोक्टुल ग्याङखाङको प्रमुख अतिथ्यमा बौद्ध धर्मको विधिअनुसार विशेष पुजापाठ गरी गुम्वाको उद्धघाटन गरिएको हो ।
नवनिर्मित छम्बा गुम्बामा रिम्पोर्छे तथा लामागुरुबाट सामुहिक रुपमा बौद्ध धर्मविधि अनुसार विशेष पुजापाठ गरिएको थियो । त्यससंगै उपस्थितिलाई धर्मगुरु रिम्पोर्छेद्धारा वाङअभिषेक समेत प्रदान गर्नुभयो । सो गुम्बाको उद्धघाटन कार्यक्रम माघ २७ गते शुक्रबार व्यावस्थापन समितिले आयोजना गरिएको थियो । उक्त गुम्बा निर्माणका लागि सात रोपनी जग्गामा करिव ३ करोड ५० लाखको लागतमा निर्माण सम्पन्न गरिएको समितिका अध्यक्ष लाक्पा शेर्पाले बताए ।
गुम्बाको उद्धघाटन समारोहमा दाेलखाका प्रमुख जिल्ला अधिकारी शेखर पाैड्याल, प्रहरी प्रमुख दिपक खड्का, पुर्वसञ्चार मन्त्री पार्वत गुरुङ, प्रतिनिधिसभाका सदस्य गंगा कार्की (विश्व), वागमती प्रदेशका पुर्वमन्त्री विशाल खड्का, प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गौरीशंकर गाउँपालिका प्रमुख विश्वास कार्की, उपाध्यक्ष श्यामसुन्दर तामाङ, एमाले नेता तथा समाजसेवि जंग गुरुङ लगायत विभिन्न राजनीतिक दलका नेताहरु र धार्मिक तथा सामाजिक अभियान्ताहरुको उपस्थिति रहेको थियो ।
उद्धघाटन कार्यक्रममा बौद्ध धर्मको विधिअनुसार पुजासंगै साँस्कृतिक कार्यक्रम पनि जोडिएको थियो । यस्तैगरी, साँस्कृतिक कार्यक्रमका आर्कषक आनी छोइङ र राजु लामाको मंगोलियन हार्ट व्याण्डको विशेष साँस्कृतिक प्रस्तुति रहेको थियो । कार्यक्रममा पाँच हजार भन्दाबढि स्थानीय तथा दर्शकको उस्थिति थियो ।
कार्यक्रमलाई शुभकामना दिनुहुदै पुर्वसञ्चारमन्त्री पार्वत गुरुङले धार्मिक तथा साँस्कृतिक केन्द्र राज्यको सम्पति भएको हुदाँ संरक्षण सम्वद्र्धन गर्न सबैको दायित्व हुने बताउनु भयो । उहाँका अनुसार नेपाललाई परिचित गराउने माध्यम नै गुम्बा, मठमन्दिर तथा साँस्कृतिक धरोहर भएको हुदाँ यसमा कुनै राजनीतिक प्रतिशोध राख्नु नहुने र सबैले संरक्षण गर्नुपर्ने समेत बताउनु भयो ।
कार्यक्रमका तस्विरहरूः–