काठमाडौ । संघीय सरकारले फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले साेमबार विदा दिने निर्णय गरेको हो ।
२०५२ फागुन १ गतेदेखि निरंकुश राजतन्त्रको बिरुद्ध समाबेशीता र संघीय गणतन्त्रको माग गर्दै माओवादीले बिद्रोह सुरु गरिएको थियोे । जनयुद्धको नेतृत्वकर्ता माओवादीले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ ।
त्यसैगरी, परिवर्तन पक्षमा भएका सबै आन्दोलन र क्रान्तिको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालका प्रवक्ता जितेन्द्र बस्नेतले बताए ।