ट्राफिक जरिवानाकाे विराेध गर्दै उपत्यकामा सार्वजनिक यातायात बन्द

  गाैरीशंकर टाइम्स सम्बाददाता  791 पटक हेरिएको

काठमाडौं । ट्राफिक जरिवानाको विराेध गर्दै यातायात मजदुरहरूले उपत्यकामा यातायात सेवा बन्द गरेकाे छ । ट्राफिकले अनावाश्यक रूपमा जरिवाना गरी व्यावसायीलाइ दुख दिएकाे भन्दै  यातायात मजदुरहरूले साेमबार उपत्यकामा सार्वजनिक यातायात सेवा बन्द गरेकाे हाे ।

सडकमा फाटफुट निजी सवारी सञ्चालन भएपनि सार्वजनिक गाडीहरू भने चलेकाे छैना । आइतबार बालाजु बसपार्क क्षेत्रमा यातायात मजदुरहरूले प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए। ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका हुन्।

आन्दोलनकारीले प्रहरीका दुईवटा भ्यानमा आगजनी गर्नुका साथै माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट भत्काइदिएका छन् । सडकमा सार्वजनिक यातायात सञ्चालन नहुदाँ सेवाग्राही भने पैदल यात्रा गरेर गन्तव्यसम्म पुग्न बाध्यकारी भएकाे छ ।

त्यसैगरी, केही प्रदर्शनकारीले लोत्से मलमा रहेका पसलहरु समेत तोडफोड गरेका छन् । यातायात मजदुरले नारा जुलुस गरी गाेंगबु, नयाँ बसपार्क, माछापाेखरी र बालाजु क्षेत्रका सडक आसपासमा रहेका पसलहरू समेत बन्द रहेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार