शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपसचिव र शाखा अधिकृतको किर्ते काण्ड

  गाैरीशंकर टाइम्स सम्बाददाता  165 पटक हेरिएको

काठमाडौ । नेपाल सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विगत तीन वर्षदेखि नेपालमा रहेका सामुदायिक विद्यालयहरुलाई शैक्षिक सुधारका लागि सूचना प्रविधि प्रयोगशाला, पुस्तकालय, भवन निर्माण र अन्यका लागि अरबौं रकम खर्च गर्दै आएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीबाट नियमन हुने उक्त कार्यक्रम बाट अपेक्षित सुधार महसुस गर्न नपाएको सामुदायिक विद्यालयका प्रधानाध्यापक र स्थानीय निकायका अधिकारीहरूको गुनासो रहेको छ । कार्यक्रमले लिन चाहेको सुधारको लक्ष्यको लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बनाएको TOR र सामुदायिक विद्यालयको आवश्यकता फरक रहेकाले अपेक्षित सुधार नदेखिएको विद्यालयहरूको गुनासो रहेको छ ।

कार्यक्रमलाई प्रभावकारी बनाउन यो वर्ष विद्यालयहरूको छनौट भाद्र महिनामा नै भएको थियो । भवन निर्माण, पुस्तकालय व्यवस्थापन र अन्य कार्यक्रममा खासै विवाद नदेखिएपनि ICT कार्यक्रमको कार्यान्वयन सम्बन्धमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका केही कर्मचारीको मिलेमतोमा किर्ते कागजात तयार पारी सरकारी लेटर प्याडको दुरुपयोग गरेर स्थानीय निकाय तथा विद्यालयलाई प्रभाव प्रभावित पार्न खोजेको पाइएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शाखा अधिकृत रविन बाबु भट्टराईले नक्कली (http://64.227.182.36/index.php?r=school/create) Google form तयार पारी आफ्नै व्यक्तिगत इमेलमार्फत पालिकाको शिक्षा शाखामा गलत नियत राखी परिपत्र जारी गरेको तथ्य बाहिर आएको छ ।

यसबारेमा बुझ्न खोज्दा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक एवम् राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम हेर्ने महाशाखाका प्रमुख रुद्र प्रसाद अधिकारीले यस कार्यालयले २०७९ पुस २९ मा जारी गरेको परिपत्र आधिकारिक रहेको र तत्पश्चात कुनै परिपत्र जारी नगरेको जानकारी गराउनुभयो । साथै शाखा अधिकृत प्रविनबाबु भट्टराई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमसँग सम्बन्धित नरहेको पनि जानकारी गराउनुभयो ।

बहिर आएको, निर्देशक गोविन्दराज पोखरेलको हस्ताक्षर रहेको चलनी नम्बर १० को २०७९ माघ २२ गते जारी भएको स्पेसिफिकेशन कार्यान्वयन सम्बन्ध विषयको पत्र र प्रविनबाबु भट्टराईको व्यक्तिगत इमेलबाट पत्राचार भएका कुनैपनि पत्र, Google form को लिंक आधिकारिक नरहेको जानकारी गराउनु भयो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका आधिकारिक वेबसाइट र यसको आधिकारिक इमेलबाट पत्राचार भएका सूचनामा मात्र विश्वास गर्न उहाँले सबैमा आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार