काठमाडौ । गुल्मी क्षेत्र नम्बर १ काे संघीय सांसद एवं नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी ग्यास विस्फोटमा परि घाइते हुनुभएको छ । काठमाडौकाे बुद्धनगरस्थित भण्डारीको आफ्नै निवासमा खाना पकाउने ग्यासको सिलिन्डर बिस्फोट भइ घाइते हुनुभएको हाे ।
बुधबार बेलुका आफ्नै निवासमा खाना पकाउने क्रममा भण्डारी र उहाँको ८६ वर्षीय आमा ग्यास विस्फोटमा परी घाईते हुनुभएकाे हाे । हाल उहाँहरु दुबैकाे किर्तिपुर अस्पतालमा उपचारमा उपचार भैइरहेकाे छ ।
घाइते नेता डा.भण्डारीको शरिर करिब २५ प्रतिशत र उहाँकी आमाको ७० प्रतिशत शरिरको भागमा असर परेको अस्पतालमा उपचाररत डाक्टरले बताएको छ । अहिले दुबै जनाको अस्पतालमा उपचार हुँदै छ ।