नेपालमा भण्डारीको उपचार सम्भव नभएको भन्दै विदेश लैजान अस्पतालको सुझाव

  गाैरीशंकर टाइम्स सम्बाददाता  185 पटक हेरिएको

काठमाडौ । नेपाली कांग्रेसको नेता एवं संघीय सांसद डा. चन्द्र भण्डारीकाे उपचार नेपालमा सम्भव नभएको भन्दै विदेश लैजान चिकित्सकले सल्लाह दिएको छ । ग्यासको सिलिन्डर बिस्फोट भइ गम्भीर घाइते हुनुभएका भण्डारी र उनका आमालाई नेपाल बाहिर लैजान अस्पतालले सुझाव दिएको हाे ।

बुद्धनगरस्थित बुधबार बेलुका आफ्नै निवासमा खाना पकाउने क्रममा भण्डारी र उनका ८६ वर्षकी आमा हरिकला भण्डारी ग्यासकाे सिलिन्डर विस्फोट भइ गम्भीर घाईते हुनुभएकाे थियोे ।त्यसपश्चात उहाँहरु दुबै जनालाई सिभिल हस्पिटल हुदै किर्तिपुर अस्पतालमा उपचारकाे लागि भर्ना गरिएको थियोे ।

घाइते भण्डारीको अनुहार, दुवै हात र दुवै गाेडाहरुमा गरी करिब २५ देखि ३० प्रतिशत र उहाँकी आमाको शरिरका अधिकांश भागकाे ७० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ । दुवै जनाको स्वासनलीमा तातो हावा र धुवाँले गर्दा जलन हुन पुगेको भन्दै थप जटिल हुनसक्ने डाक्टरले बताएको छ ।

त्यसैगरी, नेपालमा हाल रहेको स्राेत र साधनको अवस्थाले पर्याप्त उपचार हुन नसकिने भन्दै अस्पतालले विज्ञप्ति नै जारी गरेको छ । अस्पताल स्राेतका अनुसार भण्डारी र उनको आमालाई आइस्युमा राखेर थप उपचार गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार