काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मुल्य साबिकभन्दा घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मुल्यसुचि अनुसार पेट्रोलमा १ रुपैया ९७ पैसा र डिजेलमा प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटेर आएको हाे ।
आईओसीले नेपाल आयल निगमलाई १५–१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउने गरेको छ । सो नयाँ मूल्यअनुसार निगम र आईओसीबीच कारोबार हुन्छ । अन्तर्राष्ट्रिय बजारमा काराेबार हुने कच्चा तेलको मूल्यमा आईओसीले पठाउने नयाँ मूल्य सुचीमा निर्भर रहने गर्दछ । तर नेपालमा हत्तपत्त मुल्य समायोजन नै गरिदैन ।