नेता भण्डारीलाई थप उपचारको लागि भारत रिफर

  गाैरीशंकर टाइम्स सम्बाददाता  146 पटक हेरिएको

काठमाडौ । खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा गम्भीर घाइते भएका कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । कीर्तिपुर अस्पतालमा उपचार हुन नसकेपछि सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगिएको हो ।

बुधबार राति भएको उक्त घटनामा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । उनकी आमा हरिकलाको भने उपचारका क्रममा निधन भएको छ । त्यसैगरी, भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई स्थित नेशनल बर्न सेन्टर लगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार