काठमाडौ । समाजसेवि तथा राजनीतिज्ञ गुरु मकरध्वज गुरुङद्धारा लिखित म मकरध्वज पुस्तकको बिमोचन गरिएको छ । दोलखाको उत्तरी गौरीशंकरको सुरीमा जन्मनु भएका ९१ वर्षीय गुरुङले वाल्यकालदेखि हालसम्मको अनुभवलाई संगालेका पुस्तक ज्ञान हस्तान्तरण बिमोचन गरिएको हो ।
मकर जीतुमाया कल्याणकारी ट्रष्टद्धारा म मकरध्वज पुस्तकको ज्ञान हस्तान्तरण समारोह सम्पन्न गरेको हो । गुरुङको पुरानो अनुभब समेटीएको पुस्तक नयाँ युवा वर्गको लागि प्रेरणाको स्रोत र ऐतिहासिक ज्ञानको भण्डारका रुपमा लिनसकिन्छ ।
लेखक गुरुङले बाल्यकालको अनुभवदेखि व्यापार, राजनीतिक, समाजसेवा लगायत विविध विषयहरुको संगालो समेटेर पुस्तकमा लेखिएको छ । उनले पुस्तकमा गाउँबस्तीको अबस्था, विकास निमार्ण, गाउले जीवन, वाल्यकालको दैनिकी, संघर्ष, मेहनत र परिश्रमसंगै सफलताको विषयलाई आधार मानेको छ ।
गुरुङले “म मकरध्वज” नामक पुस्तक विशेषगरी पिता स्व.रामबहादुर गुरुङ र माता कटमाया गुरुङप्रति समर्पित गरिएको छ । शनिबार शिवरात्रीको अवसर पारेर पुस्तक विमोचन कार्यक्रम संस्कृतिकविद् डा. जगमान गुरुङ र सामाजसेवि एवं महिला नेतृ भद्र कुमारी घलेले संयुक्तरुपमा दिप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गर्नुभयो ।
कार्यक्रममा पुर्वसञ्चारमन्त्री पार्वत गुरुङले बुवाको पञ्चायतकालदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको राजनीतिक यात्राका बारेमा स्मरण गराउनुभयो । यो बुवाको आत्माकथामात्र होइन, तत्कालीन राजनीतिक, सामाजिक आदिको जीवन्त तस्विर रहेको समेत बताउनुभयो ।
गुरुङको घोष्ट राइटिङ्ग नेपालले प्रकाशन गरेको उक्त पुस्तकमा जीवनको संघर्षलाई दस्तावेजको रुपमा उतार्नुभएको छ । पुस्तकमा विभिन्न विषयको ४२ वटा शीर्षक समेटि विगतको इतिहास, सामाजिक, राजनीतिक, आर्थिक, विकासका गतिविधि, जीवनका अनुभूति, भोगाई र पारिवारिक बंशजको अवस्था आदिको बारेमा उल्लेख गरिएको छ ।
कार्यक्रममा दोलखाका पुर्वमन्त्री, सांसद तथा विभिन्न राजनीतिक दलका नेताहरु लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो । यो पुस्तक तयार गर्न करिव चार वर्ष लागेको मकर जीतुमाया कल्याणकारी ट्रष्टका अध्यक्ष हिमाल गुरुङले बताउनु भयो । सुरुमा पुस्तक प्रकाशन गर्न बुबाले मान्नुभएन तर मैले विस्तारै सल्लाह गरेपछि बल्लतल्ल हुन्छ भन्नुभएर प्रकाशनको लागि तयारी गरेको समेत बताउनुभयो ।
गुरुङको प्रकाशित पुस्तकका बारेमा सम्पादकीय भुमिका निर्वाह गर्नुहुने सुभेच्छा विन्दु तुलधार र पत्रकार बलराम थापाले विगतको परिबेशलाई केलाएर ताजा र स्मरणीय बनाउने बताउनुभयो । कार्यक्रममा पुर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल, दोलखाको पुर्व जिल्ला सभापतिद्धय शिवप्रसाद भण्डारी र रुद्रबहादुर खड्का लगायतले राजनीति, कृषि, पशुपालन, व्यापार र समाजसेवा लगायतको क्षेत्रका विषय संगालो रहेको उल्लेख गर्नुभयो ।