काठमाडौ । ह्याङ्ला दोलखा-काठमाडौ समाजले मञ्जुश्री सम्बत २८५९औ सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरि मनाएको छ । शनिबार महाराजगञ्जस्थित रोयल दरबार पार्टी भेन्युमा तामाङ साँस्कृतिक, भेषभुषा लगायत पराम्पराअनुसार ग्रहशान्तिको पुजापाठ गरी सोनाम ल्होछार भनाएको हो ।
दोलखाका पुर्व सांसद एवं बरिष्ठ राजनीतिज्ञ जीतविर तामाङको प्रमुख अतिथ्यता र समाजका अध्यक्ष सरोजमोहन लामाको अध्यक्षतामा ल्होसार कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमलाई ह्याङ्लाका सचिव छेवाङ तेन्जिङ्ग लामाले सञ्चालन गरिएको थियो भने उपाध्यक्ष रामकृष्ण लो तामाङले अतिथि लगायत उपस्थितिहरुलाई स्वागत गरेको थिए ।
ह्याङ्ला दोलखा-काठमाडौ तामाङ समाजले हरेक वर्ष सोनाम ल्होछारको अबसरमा विभिन्न कार्यक्रम आयोजना गरि मनाउदै आएको छ । दोलखाबाट काठमाडौमा विभिन्न पेशा व्यवसायमा आवद्ध भएकाहरुलाइ एकताबद्ध बनाइ सँस्कार, संस्कृति र भेषभुषा संरक्षणको लागि विगतदेखिनै विभिन्न सामाजिक कार्य गरिदै आएको छ ।
त्यसैगरी, ल्होछार कार्यक्रममा जिल्लाका पुर्वमन्त्री, पुर्वसांसद, सांसद लगायत विभिन्न राजनीतिक दलका नेताहरु, विभिन्न सामाजि संघसंस्थाका प्रतिनीधिहरु गरी पाँच सयभन्दा बढीको उपस्थिती रहेको थियो । नेपाल तामाङ घेदुङ संघले सोनाम ल्होसारलाई गत माघ ८ गतेनै राष्ट्रिय पर्वको रुपमा मनाएको थियो भने ह्याङ्ला तामाङ समाजले शनिबार मनाएको हो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुदै प्रमुख अतिथि एवं पुर्वसांसद जितवीर लामाले ल्होछारले सबैमा नयाँ सोँच विचार आई नयाँपन ल्याउने बताउनुभयो । लामाका अनुसार ल्होछार सबैको साझा राष्ट्रिय पर्व भएको हुदाँ तामाङ समुदायले संरक्षण मात्र गरेको बताउनुभयो । पुर्वमन्त्रीद्वय पार्वत गुरुङ र आनन्दप्रसाद पाेखरेलले ल्हाेछारकाे अवसरमा शुभकामना दिनुहुदै यसले सबै जातजातिलाइ एकता बनाउने पर्व भएकाे समेत बताउनुभयाे ।
सो कार्यक्रममा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुको साँस्कृतिक प्रस्तुति आर्कषण रहेको थियो । तामाङ समुदायको मौलिक गीत, संगीत प्रस्तुति सहित शुभकामना आदनप्रदन गरी सोनाम ल्होछार मनाएको हो ।