काठमाडौ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल बागमती प्रदेशको प्रथम भेला तथा बैठक सम्पन्न भएको छ । महासंघले बागमती प्रदेशको आगामी राष्ट्रिय सम्मेलन तयारी स्वरुप तेह्रवटा जिल्लालाई समेटर आयोजक कमिटी गठन गरी प्रथम भेला तथा बैठक सम्पन्न गरेको हो ।
नेकपा एमाले निकट जनवर्गीय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको स्थापना २०६५ सालमै भएतापनि बागमति प्रदेशको सम्मेलन भने हुन सकिरहेको थिएन । फागुन १० गते बुधवार महासंघको प्रदेश संयोजक हर्कमान तामाङको अध्यक्षता र नेकपा एमाले केन्द्रीय सदस्य एवं महासंघको बरिष्ठ उपाध्यक्ष दावा गोले तामाङको प्रमुख अतिथ्यमा बसेको भेला तथा बैठकले प्रदेश कमिटिकाे सम्मेलन तथा संगठन विस्तारसम्बन्धि महत्वपूर्ण निणर्य गर्दै सम्पन्न गरिएको थियो ।
त्यसैगरी, बैठकमा बरिष्ठ उपाध्यक्ष टासी ह्याल्मो, महासचिव पेम्बा भोटे गुरुङ, उपमहासचिव देवराज राई, सचिव युवराज जिरेल, सह–इन्चार्ज सरोजमोहन लामा लगायत प्रदेशका जिल्ला इन्चार्जहरु समेत उपस्थित रहेको थियो । बैठकले विषेशगरी संगठन विस्तार, सम्मेलन हुन बाँकी जिल्लाहरुमा सम्मेलन गर्ने, कमिटीलाई पुर्णता, कार्यलय टिम, सचिवायल गठन तथा आर्थिक संकलनका प्रस्तावहरुमाथि केन्द्रीत भई छलफल गरेको संयोजक हर्कमान तामाङले वताए ।
च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान पार्टी कार्यलयमा भएको बैठकले राष्ट्रिय सम्मेलन मिति तोकिनुभन्दा अगाडी नै संघीय संरचना अनुसार जिल्ला, नगर, गाउँपालिका र वडासम्म संगठन विस्तार गर्ने, २७ सदस्यीय सचिवालय बनाउने, प्रत्येक जिल्लालाई १० हजार दायित्व र अन्य विविध विषयहरुको निणर्य गरिएको संयोजक तामाङले बताए । बैठकमा महासंघका केन्द्रीय नेताहरु दावा गोले तामाङ, बरिष्ठ उपाध्यक्ष टासी ह्याल्मो, महासचिव पेम्बा भोटे गुरुङ, सह–इन्चार्ज सरोजमोहन लामा लगायतले पार्टीमा हकहितको लागि संगठनप्रतिको महत्व र आवश्यकता वारे छलफल गर्दै शुभकामना मन्तव्य दिनुभएको थियो ।