नेपाल खेलकुद महासंघको अध्यक्षमा पुनः पर्शुराम बस्नेत निर्वाचित

  गाैरीशंकर टाइम्स संवाददाता  252 पटक हेरिएको

काठमाडौं । नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट कृष्णबहादुर बस्नेत(पर्शुराम) निर्वाचित भएको छ । विराटनगरमा सम्पन्न भएको महाधिवेशनबाट बस्नेत सर्वसम्मत अध्यक्षमा निर्वाचित भएको हो ।

विराटनगरमा फागुन ७ देखि ९ गतेसम्म सञ्चालन भएको महाधिवेशनबाट बस्नेत अध्यक्षमा निर्वाचित हुदै गर्दा पदाधिकारीहरु भने केहिदिन पछि मात्र टुंगो लाग्नेभएको छ । महाधिवेशन स्थलमा बन्दशत्र सञ्चालन हुदैगर्दा अर्घाखाँचीका प्रतिनीधि प्रकाश महतको दुर्घट्नामा परी निधन भएपछि बन्दशसत्रको हलले नेतृत्व लगायत पदाधिकारीहरुमा सर्वसम्मत गराउन निर्देशन दिएको थियो ।

नेकोसको महाधिवेशनबाट केन्द्रीय कमिटीमा अध्यक्षसहित १ सय ७५ जनाको सदस्य घोषणा गरिएको पुर्वप्रवक्ता तिर्थबहादुर खड्काले बताए । खड्काका अनुसार केहि पदाधिकारीहरु टुंगो लगाएतापनि बाँकी भने फागुनको अन्तिम सातासम्म टुंगो लगाउने बताए ।

महाधिवेशन बन्दशस्त्रको पुर्वसन्ध्यमा दुर्घटनामा परी निधन भएका महतको १३औ पुण्यतिथि सम्पन्न भएपछि बाकी पदाधिकारीहरुको टुंगो लगाई सपथ ग्रहण गराउन बन्दशस्त्रको हलले निर्देशन दिएको थियो । सो निर्देशन बमोजिम बाँकी पदाधिकारी टुंगो लगाई नवनिर्वाचित कमिटीलाई शपथ ग्रहण गराउने तयारी निर्वाचन मण्डलले गरेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

नेकोसको दोस्रो महाधिबेशनलाइ नेकपा एमाले अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा वलीले दशौ हजार उपस्थितिहरूको माझ उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नेकोसको इन्चार्ज तथा पार्टी पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा, सहइन्चार्ज एवं केन्द्रीय सदस्य रमेश पौडेल लगायत विभिन्न तहका केन्द्रीय नेता तथा पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटनमा विभिन्न विधाका खेलहरूको साथै कलाहरू प्रर्दशन गरिएको थियो ।

कार्यक्रम उद्घाटनका क्रममा शुभकामना मन्तव्य दिनुहुदै एमाले अध्यक्ष एवं प्रमुख अतिथि केपी शर्मा वलीले सवैलाइ सहभागी गराउनका लागि खेलकुद क्षेत्रलाइ पार्टीले विभाग मार्फत समेटी अवसर प्रदान गरेको बताउनुभयो । राष्ट्र निर्माणमा खेलकुदले पहिचाहन बढाउने भन्दै सबै खेलका खेलाडीहरूलाइ एकताबद्व भएर लाग्न समेत अनुरोध गर्नुभयो ।

#तस्विरहरू

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार