महोत्सवले झकिझकाउ दोलखा

  गाैरीशंकर टाइम्स संवाददाता  198 पटक हेरिएको

दोलखा । चेम्बर अफ कमर्स दोलखाको आयोजनामा शुक्रवारबाट चरिकोटमा दोलखा महोत्सव सुरुभएको छ । जिल्लाको स्थानीय उत्पादन प्रबद्र्धन, ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पर्यटन तथा आर्थिक लगायतका गतिविधिलाई सक्रिय बनाउन महोत्सव आयोजना गरिएको हो ।

दोलखाको सदरमुकाम चरिकोटमा सुरु भएको महोत्सव उपप्रधानमन्त्री एवं भौतिक पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा जिल्लाका पुर्वमन्त्री, पुर्वसांसद, संघ तथा प्रदेशका सांसदहरु, जनप्रतिनीधिहरु र सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता सहित व्यावसायिकहरु एउटै मञ्चमा उपस्थिती रहेको थियो । महोत्सव उद्धघाटनका क्रममा विभिन्न जातिजातिका भेषभुषामा सजिएर पञ्चेबाजा सहितको झाँकी, र्यालीले बजार परिक्रमा गर्दै महोत्सव स्थल टुडिखेल पुगेको थियो ।

त्यसैगरी, फागुन २७ गतेसम्म चल्ने महोत्सवमा विभिन्न व्यावसायीक, शैक्षिक तथा प्रचारत्माक गरी १ सय ३० वटा स्टल राखिएको छ । महोत्सवले जिल्लाको धार्मिक, साँस्कृतिक, आर्थिक तथा पर्यटन प्रबद्र्धन र प्रचारप्रसारमा सहयोग पुर्याउने चेम्बर अफ कर्मश दोलखाका अध्यक्ष विष्णु श्रेष्ठले बताए । महोत्सवको प्रचारप्रसारले गर्दा दोलखाको चरिकाट बजार र महोत्सव स्थल टुडिखेल आसपास झकिझकाउ देखिएको छ ।

#महोत्सवको फोटो फिचर

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार